जोडिनुहोस
  • होमपेज
  • भोजेन्द्र बस्नेतसहित ४ पत्रकारलाई वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार

भोजेन्द्र बस्नेतसहित ४ पत्रकारलाई वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार

काठमाण्डौ – उज्यालो रेडियो नेटवर्कका उप–सम्पादक भोजेन्द्र बस्नेतसहित ४ जना पत्रकार वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृत भएका छन् ।

वातावरण विभागले विश्व वातावरण दिवस २०८१ को अवसरमा वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार प्रदान गरेको हो । पुरस्कार वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले प्रदान गरेका हुन् ।

दिवसका अवसरमा उज्यालोकर्मी बस्नेतसहित वातावरणसम्बन्धी समाचारमार्फत योगदान पुर्‍याएबापत राससकी प्रगति ढकाल, नेपाल टेलिभिजनकी मन्दिरा बानिया र उकालो डटकमका मुकेश पोखरेलले वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार २०८० प्राप्त गरेका हुन् । पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ ।

धेरै टिप्पणी गरिएका