जोडिनुहोस
  • होमपेज
  • हिमाल आरोहि श्रेष्ठलाई सगरमाथा टेलिभिजनका अध्यक्ष गुरुङद्धारा सम्मान

हिमाल आरोहि श्रेष्ठलाई सगरमाथा टेलिभिजनका अध्यक्ष गुरुङद्धारा सम्मान

काठमाडौं। एक सिजनमै ३ पटक सगरमाथा चढेर नयाँ किर्तीमान बनाएकी फोटो पत्रकार तथा हिमाल आरोही पूर्णिमा श्रेष्ठलाई सगरमाथा टेलिभिजनले सम्मान गरेको छ ।

एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोहीको रुपमा सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान बनाएकी श्रेष्ठलाई सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।

हिमाल आरोहणको यो सिजनमा श्रेष्ठले बैशाख ३०, जेठ ६ र जेठ १२ गते सगरमाथाको आरोहण गरेकी हुन् । श्रेष्ठले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन् । उनले पहिलो पटक ८ हजार मिटरको हिमाल यात्रा गृहजिल्ला गोरखास्थित मनास्लुबाट सुरू गरेकी थिए । श्रेष्ठ एक दशकदेखि फोटो पत्रकारिता गर्दै आएकी छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका