
काठमाडौं । बालमन्दिरका तल्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई लाजिम्पाटबाट पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान जारी रहेको सीआईबी स्रोतले जानकारी दिए ।
बालबन्दिरको जग्गालाई सस्तो लिजमा लगाएर अनियमितता गरेको आरोपमा सीआईबीले अनुसन्धान थालेको छ ।