जोडिनुहोस
  • होमपेज
  • एमाले कार्यालय अवलोकन गर्न पुगे माओवादी उपाध्यक्ष सापकोटा

एमाले कार्यालय अवलोकन गर्न पुगे माओवादी उपाध्यक्ष सापकोटा

काठमाडौं- नेकपा (एमाले)को सूचना प्रविधि व्यस्थापन तथा कार्यालय व्यवस्थापनबारे अध्ययन गर्न माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटा च्यासल पुगेका छन् ।

उनी शुक्रबार दिउँसो एमाले मुख्यालय च्यासल पुगेर त्यहाँको कार्यालय व्यवस्थापन र सूचना प्रविधिको उपयोगबारे जानकारी लिएका हुन् ।

उनलाई एमाले उपमहासचिव विष्णु रिमालले एमालेको हेडक्वार्टर सञ्चालनबारेमा जानकारी गराएका थिए । यसअघि चैत १५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एमालेको पार्टी कार्यालय भ्रमण गरेको थियो । रास्वपाका महामन्त्री डा. मुकुल ढकाल नेतृत्वको टोली च्यासलस्थित एमालेको पार्टी कार्यालय अवलोकन गरेको थियो ।

राजनीतिक दलको आन्तरिक प्रशासन एवम् व्यवस्थापनबारे ढकालको टोलीले एमालेको केन्द्रीय कार्यालयमा आपसी अध्ययन भ्रमण गरेको थियो । त्यसबेला ढकालको टोलीलाई एमालेका नेताहरूले पार्टी कार्यालयका आन्तरिक व्यवस्थापनका विविध पक्षहरूबारे जानकारी दिएका थिए ।

नेपालमा राजनीतिक दलहरूमध्ये कार्यालयको सु-व्यवस्थित सञ्चालनमा एमाले अब्बल मानिन्छ । उसले च्यासलस्थित कार्यालयलाई आकर्षक रुपमा सजाएर सञ्चालन गर्दै आएको छ । अन्य दलहरू एमाले कार्यालय पुगेर कार्यालयको व्यस्थित सञ्चालनबारे जानकारी लिने गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका