जोडिनुहोस
  • होमपेज
  • नगरपालिका तोडफोड अभियोगमा रंगेलीमा ६ जना विद्यार्थी पक्राउ

नगरपालिका तोडफोड अभियोगमा रंगेलीमा ६ जना विद्यार्थी पक्राउ

रंगेली नगरपालिकामा तोडफोड गरेको र नगर प्रहरीमाथि आक्रमण गरेको अभियोगमा मोरङ प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेर अभद्र व्यवहारको मुद्दा चलाएको छ।

शुक्रबार ६ जना विद्यार्थीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो। घटना बिहीबार अपरान्हको हो। हिजो पौने चार बजे नगरपालिका पुगेको विद्यार्थीको समूहले नगरपालिका तोडफोड गरेको, नगर प्रहरीमाथि आक्रमण गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

निजी विद्यालयहरूले मनपरी शुल्क असुलेको विषयमा नगरपालिकाले चासो नदिएको भन्दै नगरपालिका पुगेका विद्यार्थीहरूले त्यहाँ तोडफोड गर्दै नगर प्रहरीमाथि आक्रमण गरेको प्रहरी भनाइ छ।

‘विद्यार्थी समूहको आक्रमणबाट ४ जना नगरप्रहरीहरू घाइते भएका छन्। साथै उनीहरूले नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार गरेको पाइएको छ, ’ प्रवक्ता बस्नेतले भने, ‘त्यही अभियोगमा पक्राउ गरेर हामीले अनुसन्धान थालेका छौं।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका