जोडिनुहोस
  • होमपेज
  • म पनि एउटा सहकारी पीडित हुँ भन्ने लागेको छ: प्रधानमन्त्री दाहाल

म पनि एउटा सहकारी पीडित हुँ भन्ने लागेको छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू पनि सहकारी पीडित हुँ भन्ने लागेको बताएका छन्।

कोटेश्वरमा शुक्रबार भएको सहकारी केन्द्र नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सहकारी खोलेका पार्टीकै मानिसहरूले सबैभन्दा बढी नेतृत्वलाई सताउने गरेको बताए।

‘हाम्रै पार्टीसँग सम्बन्धित साथीहरू पनि जसले सहकारी खोलेर काम गर्न भनेर सुरू गरे, म पनि एउटा सहकारी पीडित हुँ भन्ने लागेको छ,’ उनले भने, ‘किनभने सहकारी खोल्ने साथीहरूले जति मलाई अरूले सताएका छैनन्।’

प्रधानमन्त्री दाहालले सहकारी विषयलाई प्राधिकरण बनाएर सशक्त रूपले लैजानुपर्ने पनि बताए। ‘सहकारी बोर्ड र विभाग सबैलाई केन्द्रीकृत र एकीकृत गरेर शक्तिशाली प्राधिकरण बनायो भने सहकारी आन्दोलनलाई सुधार गर्न सकिन्छ,’ उनले भने, ‘प्राधिकरणभन्दा बाहिर गएर अहिलेको विद्यमान संरचनाबाट सम्भव छैन।’

सहकारीलाई सिद्धान्तभन्दा बाहिर गएर बैंकजस्तो बनाएकोले विकृति देखा परेको प्रधानमन्त्री दाहालले बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका