जोडिनुहोस
  • होमपेज
  • क्यान्सरपीडित पूर्वखेलाडी गंगालाई आर्थिक सहयोग

क्यान्सरपीडित पूर्वखेलाडी गंगालाई आर्थिक सहयोग

काठमाडौं । नेपाल महिला फुटबल संघको पहलमा क्यान्सरपीडित पूर्वफुटबल खेलाडी गंगा गुरुङलाई स्वास्थ्य उपचारका लागि शुक्रबार आर्थिक सहयोग प्रदान गरिएको छ ।

महिला फुटबल संघका पदाधिकारी, खेल पत्रकार, शिक्षक र विदेशमा रहेका नेपालीबाट संकलित एक लाख पाँच हजार रुपैयाँ जमुनालाई हस्तान्तरण गरिएको महिला फुटबल संघकी महासचिव विना श्रेष्ठले जानकारी दिइन् ।

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालबाट पहिलो गोल गर्ने पूर्वकप्तान तथा महिला फुटबल संघकी अध्यक्ष पेम्बा डोल्मा लामाले जमुनालाई नगद हस्तान्तरण गरिन् । अध्यक्ष लामाले रकम हस्तान्तरणपछि गंगाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोगी सबैलाई धन्यवाद दिइन् ।

सो अवसरमा फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङ, नेपालबाट छनोट चरण पार गरी ओलम्पिक खेल्ने पहिलो खेलाडी तेक्वान्दोकी संगीना वैद्य, पूर्वकप्तानद्वय जमुना गुरुङ र चन्द्रा भण्डारीको पनि उपस्थिति थियो । गंगाले भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार गराइरहेकी छन् ।

धेरै टिप्पणी गरिएका