जोडिनुहोस
  • होमपेज
  • एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत चयन

एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत चयन

बुटवल । नेकपा एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत चयन भएका छन् । रुपन्देहीको १० औँ अधिवेशनबाट गैरे सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

तर औपचारिक रूपमा घोषणा हुन भने बाँकी छ । नेताहरूबिच बिहीबार गैरेलाई अध्यक्ष बनाउने सहमति जुटेको थियो । अध्यक्षका अर्का उम्मेदवार तेजेन्द्र केसीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गैरे अध्यक्षमा चयन भएका हुन् ।

निर्वाचन समिति अनुसार अधिवेशनबाट उपाध्यक्षमा हितराज पन्थी र सचिव पदमा चित्रबहादुर कार्की, उपसचिवमा बाबुराम पन्थी र महिलातर्फको उपसचिवमा सुनिता ठठेर सर्वसम्मत भएका छन् । अधिवेशनको बुधबार एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलले उद्घाटन गरेका थिए ।

धेरै टिप्पणी गरिएका