जोडिनुहोस
  • होमपेज
  • भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणमा भएको खर्चका लागि अर्थले गर्‍यो ३२ लाख भुक्तानी

भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणमा भएको खर्चका लागि अर्थले गर्‍यो ३२ लाख भुक्तानी

काठमाडौँ । भारतका विदेशमन्त्री डा. एस जयशंकरले नेपालमा गरेको भ्रमणमा भएको खर्चको भुक्तानी अर्थमन्त्रालयले अहिले गरेको छ ।

अर्थले परराष्ट्र मन्त्रालयलाई सो बेला भएको खर्चको ३२ लाख ४८ हजार रुपैयाँ भुक्तानी दिएको छ ।तत्कालीन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा जयशंकर गत पुसमा नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका थिए । सो बेलाको खर्चमा लागि अहिले अर्थले थप रकम निकासा गरेको जनाएको छ ।

यस्तै लघुवित्त वित्तीय संस्थाका आन्दोलनरत पक्ष र नेपाल सरकारका वार्ता टोलीको गठित कार्यदलको स्थलगत भ्रमणका लागि पनि १४ लाख रुपैयाँ निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न ७ सदस्यीय कार्यदल चैतमा गठन गरेका थिए ।कार्यदललाई लघुवित्तका समस्या निर्धारण गरी ६० दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश तोकिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका