जोडिनुहोस
  • होमपेज
  • मोदीको शपथमा सहभागी हुन भुटानका प्रधानमन्त्री दिल्ली पुगे

मोदीको शपथमा सहभागी हुन भुटानका प्रधानमन्त्री दिल्ली पुगे

काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे भारतको दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको लागि लिने शपथग्रहण समारोहमा सहभागी हुन उनी दिल्ली पुगेका हुन् ।

तोब्गेको भ्रमणले भारत र भुटानबीचको मित्रता र सहकार्यलाई थप मजबुत बनाउने भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधिर जयसवाल सामाजिक सञ्जाल एक्समार्फत बताएका छन् । शपथग्रहण समारोहमा सहभागी हुन विभिन्न देशका पाहुना दिल्ली पुगिरहेका छन् ।

आइतबार बिहान माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जू दिल्ली पुगेका थिए । पछिल्लो समय भारतसँग सम्बन्ध राम्रो नभएका मुइज्जूले भारतीय प्रधानमन्त्रीको निमन्त्रणा स्वीकार गरी दिल्ली गएका हुन् ।

मौरिससका प्रधानमन्त्री प्रविन्दकुमार जगन्नाथ पनि मोदीको शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली पुगेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले जनाएका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसीना शनिबार नै शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली पुगेकी थिइन् ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार अपराह्न १ बजे मोदीको शपथग्रहण समारोहमा सहभागी हुन दिल्लीतर्फ जाँदै छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका