जोडिनुहोस
  • होमपेज
  • नेपाल–भारत सम्बन्धले विकासमा नयाँ युगको सुरूवात हुनेछ: उपप्रधानमन्त्री श्रेष्ठ

नेपाल–भारत सम्बन्धले विकासमा नयाँ युगको सुरूवात हुनेछ: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्रीसमेत रहेका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले विविधतालाई अंगालेर पिछडिएका समूहलाई सशक्त बनाउने काम गरेको बताएका छन्।

काठमाडौंमा भएको वर्तमान वैश्विक परिदृश्यमा ज्ञान परम्परा नेपाल—भारतको सांस्कृतिक सन्दर्भ विषयक गोष्ठीमा बोल्दै मन्त्री श्रेष्ठले नेपाल–भारत सम्बन्ध साझा समृद्धि झल्काउन व्यापार, कनेक्टिभिटी, पर्यटन र अन्य सकारात्मक सम्बन्धका विषयमा केन्द्रित हुनुपर्ने बताए।

‘दुई देशबीचको सम्बन्धले विकास, समृद्धि र सामाजिक परिवर्तनको नयाँ युगको सुरूवात हुने विश्वास छ,’ उनले भने, ‘समावेशीता, धर्मनिरपेक्षता, सङ्घीयता, लैङ्गिक समानता, शिक्षामा पहुँच लगायतका सिद्धान्तहरूले नेपाली समाजलाई जीवन्त बनाइरहेको छ।’

सामाजिक परिवर्तन बुझ्नको लागि सामाजिक संरचना र संस्थाहरूको जाँच पनि आवश्यक हुने उनले बताए। उच्च आर्थिक वृद्धिको मार्ग, आर्थिक विकास, समृद्धि र विकास लक्ष्यको परिपूर्ति गर्न स्थिर राजनीतिक प्रणाली आवश्यक रहने उनले बताएका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका