जोडिनुहोस
  • होमपेज
  • जसपा नेपालको महाधिवेशन आजदेखि जनकपुरधाममा

जसपा नेपालको महाधिवेशन आजदेखि जनकपुरधाममा

जनकपुरधाम– जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

जनकपुरधामको तिरहुतिया गाछीमा दिउँसो १ बजे सुरु हुने महाधिवेशनको अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनमा देशभरका १३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै छन् । यस्तै, एक लाख कार्यकर्ताले महाधिवेशनमा भाग लिने जसपा नेपालले जनाएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न मुलुकका प्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका नेताहरूको पनि सहभागिता रहने छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने लगभग निश्चित छ ।

अध्यक्षबाहेक सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ गरी २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित हुने छन् ।

धेरै टिप्पणी गरिएका