जोडिनुहोस
  • होमपेज
  • जलवायु परिवर्तनको असर रोक्न वन क्षेत्रको दिगो व्यवस्थापन आवश्यक : उपराष्ट्रपति यादव

जलवायु परिवर्तनको असर रोक्न वन क्षेत्रको दिगो व्यवस्थापन आवश्यक : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वन क्षेत्रको दिगो व्यवस्थापन जरूरी रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा पारिवारिक निजी वन संघ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले जलवायु परिवर्तनका कारण हुनसक्ने प्राकृतिक प्रकोपलाई न्यूनीकरण गर्न वन क्षेत्रको दिगो व्यवस्थापन जरूरी रहेको बताएका हुन् ।

जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित सहरीकरण, जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहनाका कारण निम्तिन सक्ने चुनौतीप्रति गम्भीर हुनुपर्ने उनले बताए ।

उपराष्ट्रपति यादवले वन पैदावरको सहज आपूर्तिको व्यवस्था गर्नसके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्न सक्ने भएकाले निजी वनको दिगो व्यवस्थापन आवश्यक रहेको बताए । उनले वनको दिगो विकासका चुनौतीहरूलाई अवसरका रूपमा परिणत गर्नका लागि सबै निकायबीचको सहकार्य आवश्यक रहेको बताए ।

धेरै टिप्पणी गरिएका