जोडिनुहोस
  • होमपेज
  • बजेटको अभावमा सवारी दुर्घटना न्यूनीकरणको काम प्रभावकारी हुन सकेन : महासेठ

बजेटको अभावमा सवारी दुर्घटना न्यूनीकरणको काम प्रभावकारी हुन सकेन : महासेठ

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री रघुवीर महासेठले बजेटको अभावमा सडक दुर्घटना न्यूनीकरणको कामलाई प्रभावकारी बनाउन नसकिएको बताएका छन् ।

सोमबार राष्ट्रिय सभा बैठकमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

कार्यवाहक प्रधानमन्त्री महासेठले आगामी आर्थिक वर्षको बजेटमा भने सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको दाबी पनि गरे । उनले संविधान अनुसार सडकमा हुने दुर्घटना न्यूनीकरणको काम प्रदेश सरकारलाई जिम्मा दिइएको र सङ्घीय सरकारले त्यसका लागि आवश्यक ऐन, कानुन बनाउने काम गरिरहेको बताए । कार्यवाहक प्रधानमन्त्री महासेठले सवारी साधन अनुमति पत्र (लाइसेन्स) दिन काममा पनि प्रदेश सरकारलाई सङ्घीय सरकारले हस्तक्षेप नगर्ने बताए ।

कार्यवाहक प्रधानमन्त्री महासेठले सङ्घीय सरकारले सडक दुर्घटनाबाट हुने क्षति न्यूनीकरणका लागि पनि सक्दो काम गरिरहेको बताए ।

धेरै टिप्पणी गरिएका