
काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दामा जीबी राईको मिसिल झिकाउन आदेश दिएको छ। सर्वोच्च अदालतमा रिट निवेदनमाथिको सुनुवाईपछि न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दाको मिसिल झिकाउन आदेश दिएको हो ।
लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा नभएको भन्दै महान्यायाधिवक्ताले दिएको पत्र बदरको माग गर्दै सर्वोच्चमा रिट परेको थियो । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले लामिछानेविरुद्ध ठगीको मुद्दा नभएको भन्दै पत्र दिएका थिए ।