जोडिनुहोस
  • होमपेज
  • गरिबका लागि थप तीन करोड घर बनाउने भारत सरकारको घोषणा

गरिबका लागि थप तीन करोड घर बनाउने भारत सरकारको घोषणा

काठमाडौं– भारत सरकारले गरिबका लागि थप तीन करोड नयाँ घर बनाउने निर्णय गरेको छ ।

तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको नेतृत्वमा गठित मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री आवास योजनाअन्तर्गत घरको आवश्यकता परेका गरिब नागरिकका लागि थप ३ करोड घर बनाउने निर्णय गरेको हो।

उक्त घरहरूमा शौचालय, ग्यास जडान, बिजुली जडान, धारा जडान जस्ता आधारभूत सुविधाहरू उपलब्ध हुनेछन्

ग्रामीण तथा सहरी क्षेत्रका योग्य घरधुरीलाई आधारभूत सुविधासहितको घर निर्माणमा सहयोग पुर्‍याउन सरकारले सन् २०१५–१६ देखि प्रधानमन्त्रीआवास योजना लागू गर्दै आएको छ ।

यो योजना अन्तर्गत विगत १० वर्षको अवधिमा ४ दशमलव २१ करोड घर बनिसकेका छन् । गत आइतबार प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रौपदी मुर्मूसमक्ष शपथ लिएका थिए । मोदी नेतृत्वको सरकारमा ७२ सदस्य छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका