जोडिनुहोस
  • होमपेज
  • गण्डकीमा देवकोटा र मनाङे मन्त्री बन्दै

गण्डकीमा देवकोटा र मनाङे मन्त्री बन्दै

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

प्रदेशसभामा हिजो विश्वासको मत लिएसँगै पाण्डेले माओवादीबाट चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई मन्त्री बनाउने तयारी गरेका हुन् । मनाङे छैटौँ पटक मन्त्री बन्न लागेका हुन् ।

सर्वोच्चको परमादेशमा जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले यसअघि नै कांग्रेसका टकराज गुरुङ आर्थिक मामिला र विन्दुकुमार थापा उर्जा मन्त्रालयको जिम्मेवारी दिइसकेका छन् ।सरकारलाई विश्वासको मत दिएको राप्रपा भने सरकारमा सहभागी नहुने भएको छ ।

आज मन्त्रिपरिषद विस्तार लगत्तै दिउँसो ३ बजे गण्डकी प्रदेशको नीति तथा कार्यक्रम ल्याउने तयारी छ । माओवादीको चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले ह्वीप अस्वीकार गर्दै मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए । देवकोटाले फ्लोर क्रस गरेको भन्दै माओवादीले कारबाही गर्ने बताएको छ । नेपाल समाजवादी पार्टीले भने देवकोटालाई कारवाही गर्न नमिल्ने बताएको छ ।

धेरै टिप्पणी गरिएका