जोडिनुहोस
  • होमपेज
  • मन्त्रालयको खर्च कटौती गर्ने प्रस्ताव पेस

मन्त्रालयको खर्च कटौती गर्ने प्रस्ताव पेस

काठमाडौं । सांसद प्रेम सुवालले विभिन्न मन्त्रालयको खर्च कटौती गर्नुपर्ने भन्दै प्रस्ताव प्रस्तुत गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विनियोजन विधयेक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको खर्च कटौती गर्ने प्रस्ताव पेस गरेका छन् ।

उनले खेलकुदको नारा स्वास्थ्य अनुशासन मित्रता र सार्वभौमिकताको रक्षा राख्नुपर्ने उल्लेख गरे । यस्तै, उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको खर्च कटौती प्रस्ताव प्रस्तुत गर्दै विद्यालय र पूर्वाधारको प्राप्त सरकारी जग्गा भाडामा लगाएर कमिसन खानेलाई कारबाही गर्नुपर्ने उल्लेख गरेका छन् ।

विदेशी सम्बन्धनका कलेजलाई फर्ता पठाउने र उत्पादनसँग जोडिने विद्यालय बनाउने प्रस्ताव उनको छ । यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले युवालाई स्वदेशमा रोजगारी दिने पहल गर्ने उल्लेख गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका