जोडिनुहोस
  • होमपेज
  • सेवाग्राहीको कामबारे सरकारी कार्यालयले लिखित जवाफ दिने व्यवस्था गरौँ : प्रदीप पौडेल

सेवाग्राहीको कामबारे सरकारी कार्यालयले लिखित जवाफ दिने व्यवस्था गरौँ : प्रदीप पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारी कार्यालयहरूले सेवाग्राहीको काम गर्न नसक्नुको कारणबारे लिखित रूपमा जवाफ दिने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले महिला, गरिब नागरिकलाई सरकारी कार्यालयले हेप्ने गरेको उल्लेख गर्दै उनीहरूलाई सेवा दिन नसक्नुको कारणबारे लिखित रूपमा जवाफ दिने व्यवस्था गर्न सरकारसँग माग गरे ।

“खासगरी यो सरकारी कार्यालयहरूमा सेवाग्राही जाँदा राम्रो व्यवहार नहुने अवस्थामा छ । पहुँच पुगेका मानिसहरूको काम हुने, अरूको काम नहुने, विशेष गरी महिला, निमुखा, विपन्न मान्छेहरूलाई असाध्यै जाँदा हेप्ने सरकारी कार्यालयले गरेको व्यवहारका कारणले धेरै युवाहरू निराश भएको स्थिति छ । त्यसकारण म आग्रह गर्न चाहन्छु– सेवाग्राहीले लगेको काम सेवा केन्द्रले किन नगरेको हो ? काम नभएको कारण खुलाएर सेवा केन्द्रले लिखित रूपमा जवाफ दिने अनिवार्य व्यवस्था गरौँ,” उनले भने ।

उनले भ्रष्टाचारको न्यूनीकरण र सेवाग्राहीको सेवालाई सहज र सुलभ बनाउन पनि सरकारले सो व्यवस्थालाई अनिवार्य रूपमा लागु गराउन आवश्यक रहेको बताए ।

धेरै टिप्पणी गरिएका