जोडिनुहोस
  • होमपेज
  • भन्सार छलेको २५ ग्राम सुन र मोबाइलसहित दुईजनालाई प्रहरीले समात्यो

भन्सार छलेको २५ ग्राम सुन र मोबाइलसहित दुईजनालाई प्रहरीले समात्यो

काठमाडौं- अवैध रूपमा भन्सार छलेर संलकन गरी लैजान लागेको करिब २५ ग्रामको सुनको एक थान सिक्रीसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

त्रिभुवन विमानस्थल सुरक्षा प्रहरीले उक्त सिक्रीसँगै आईफोन १३ प्रो म्याक्स १ थान, रेडमी मोबाइल ३ थान, डेल ल्यापटप २ थान र १ थान एयरपोड प्रो ४ सहित २ जनालाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँचथरको फालेजुङ गाउँपालिका-३ निवासी ३२ वर्षीय दिलु सुब्बा र सिन्धुलीको कमलामाई नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ३९ वर्षीय भविमान थोकर छन् । हिमालयन एयरलाइन्सको जहाजमा दुबईबाट काठमाडौं आएका दिलुलाई भन्सार छली गर्न लगाई उक्त सामान ल्याउन लगाएको खुलेको छ ।

उक्त सामान भविमानले संकलन गरी लैजान लागेको अवस्थामा त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा काबारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।

धेरै टिप्पणी गरिएका