जोडिनुहोस

देश

  • Sagarmatha TV
  • मङ्लबार, जेष्ठ २९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारले तत्काल नेपाल अस्पताल संचालन ऐन ल्याउन जरुरी रहेको बताएकी छिन्।

मंगलवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले स्वास्थ्य संस्था तथा अस्पताल सम्बन्धी मापदण्ड कार्यान्वयन नभएकाले पनि सो ऐन ल्याउन सरकारले ढिलाई गर्न नहुने बताएकी हुन्। सांसद कार्कीले विपन्न नागरिकका लागि १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउने मापदण्ड समेत अस्पतालहरूले पालना नगरेको दृष्टान्त पेश गर्दै त्यस्ता अस्पतालहरूलाई कारबाहीको दायरामा ल्याउन पनि सरकारले ऐनमा नै स्पष्ट व्यवस्था गर्नुपर्ने बताइन्।

उनले सरकार अस्पताल, निजी अस्पताल, सामुदायिक अस्पताल, मेडिकल कलेजमा सञ्चालित अस्पतालहरूलाई विपन्न नागरिकको पक्षका काम गराउन पनि सरकारले आवश्यक कानूनी व्यवस्था गर्नुपर्ने बताइन्।

सांसद कार्कीले निजी अस्पतालहरूले सरकारले तय गरेको मापदण्ड पालना नगरेको पनि गुनासो गरिन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका