
काठमाडौं । पाल्पामा बलात्कारको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका–५, नयाँटोलका ३६ वर्षीय बृहस्पति पचभैया छन् ।
१६ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार (हिजो) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
गएको शनिबार दिउँसो ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।