जोडिनुहोस
  • होमपेज
  • जसपा नेपालको महाधिवेशनअन्तर्गत बन्द सत्र जारी

जसपा नेपालको महाधिवेशनअन्तर्गत बन्द सत्र जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार बन्द सत्र जारी छ । बन्द सत्रको प्रारम्भमा पाँच सदस्यीय अध्यक्षमण्डल गठन गरी सुरु गरिएको छ ।

अध्यक्षमण्डलमा उपेन्द्र यादव, रकम चेम्जोङ, लालबाबु राउत, मृगेन्द्रकुमार सिंह र लीला सिटौला रहेका छन् । अध्यक्षमण्डलको तर्फबाट पार्टी अध्यक्ष यादवले अहिले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

प्रतिवेदन प्रस्तुत गरेपश्चात सो प्रतिवेदनउपर समूहगत छलफल हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । साथै, बन्दसत्रमा लेखा परीक्षण आयोगका प्रमुख अमरेशनारायण झाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

जनकपुरस्थित तिरहुतियागाछीमा जारी बन्द सत्रमा करिब १३ सय प्रतिनिधि सहभागी छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका