जोडिनुहोस
  • होमपेज
  • शिक्षामन्त्रीइंगित सांसद पौडेलको सुझाव– शिक्षकको अनावश्यक डिएनए परीक्षण गर्नु आवश्यक छैन

शिक्षामन्त्रीइंगित सांसद पौडेलको सुझाव– शिक्षकको अनावश्यक डिएनए परीक्षण गर्नु आवश्यक छैन

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयले असान्दर्भिक र बुझ्न नसक्ने विषयलाई अघि बढाएको बताएका छन् । उनले देशरभरिका सामुदायिक कलेज चल्न नसक्ने स्थिति भएको भन्दै मर्जर प्रक्रियाअघि बढाउनुपर्ने बताए ।

मंगलबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथि भएको छलफलमा बोल्दै उनले उच्च शिक्षा ऐन चाँडोभन्दा चाँडो ल्याउन अनुरोध गरे ।

“शिक्षालाई श्रम र उत्पादनसँग नजोड्ने हो भने देशले उन्नति गर्दैन,” उनले भने । श्रम र कृषिसँग शिक्षाको महत्त्व भएको भन्दै उनले प्राविधिक शिक्षाले पुलको काम गर्ने बताए । सांसद पौडेलले ७५३ पालिकामै फरक फरक विषयमा प्राविधिक शिक्षा अघि बढाउनुपर्ने र प्राविधिक शिक्षा आधुनिकीकरण गर्नुपर्ने उल्लेख गरे ।

शिक्षामन्त्री सुमना श्रेष्ठप्रति लक्षित गर्दै उनले मन्त्रालयले ३७ हजार विद्यालय नियमन, व्यवस्थापन र परिचालनको काम गर्नुपर्ने भए पनि नकारात्मक विषयमात्र चर्चा हुने गरेको उल्लेख गरे । उनले शिक्षकमाथि लाग्ने आरोप सत्य नभएको भन्दै शिक्षकको अनावश्यक डीएनए परीक्षण गर्ने विषय राम्रो नभएको बताए ।

“यो ट्रेड युनियन अधिकारविपरीत हुन्छ,” उनले भने । अरु कुरामा बहकाउमा नलाग्न र शिक्षकलाई तालिम दिने, खुसी पार्नेलगायत काम गर्नेतर्फ ध्यान दिन उनले अनुरोध गरे ।

धेरै टिप्पणी गरिएका