
रास्वपाका सांसद मनिष झाले बजेट बिग्रिनुमा सांसदहरूको पनि भूमिका रहेको बताएका छन् ।
मंगलबार आगामी आर्थिक वर्षको बजेटको मन्त्रालयगत छलफलमा भाग लिँदै उनले बजेट स-साना योजनामा छर्न नहुने बताएका हुन् ।‘टुक्रे बजेट आँगन-आँगन गएर माग्ने देशमा संस्थागत सुधार खोज्ने हामी सुध्रिएनौँ भने बजेट पनि सुध्रिँदैन । बजेट बिग्रिनुमा हाम्रो पनि दोष छ,’ सांसदले योजनामा माग गर्ने प्रवृत्तिप्रति उनले भने ।
सांसद झाले आवश्यकताका आधारमा रणनीतिक योजनामा बजेट दिनुपर्ने बताए । पुरानो फाइल सच्याएर बजेट बनाउने परम्परा रहेसम्म बजेटको संरचनामा फेरबदल नआउने उनले बताए ।