
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले जनता पुराना पार्टीसँग रिसाएर नयाँ राजनीतिक दल उदाएको भन्ने सत्य नभएको बताएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले तथ्यलाई हल्लाले छोपेको जिकिर गरे । पुराना पार्टीप्रतिको निराशाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको उदय नभएर नयाँ संविधानले उनीहरूलाई जन्माएको सुवेदीले टिप्पणी गरे ।
शिर उठाउने गणतन्त्र र समानुपातिक निर्वाचन प्रणालीले लामिछाने, बालेन र हर्कहरूलाई निर्वाचित गरेको उनले बताए । “…यदि, यो संविधान हाम्रो त्यति ठूलो बलिदानबाट, कुर्बानीबाट आउँदैन थियो भने रवि, बालेन र हर्कहरूको यहाँ उपस्थिति देखिँदैन थियो,” उनले भने ।