
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनमा समूहगत छलफल सुरू भएको छ । मंगलबारको बन्द सत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरू भएको हो ।
छलफल गर्न प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट टोली नेता चयन हुने र टोली नेताले प्रतिवेदनमाथि आ–आफ्नो समूहमा उठेका विचार र निष्कर्ष प्रस्तुत गर्नेछन् । प्रत्येक समूहमा १२० प्रतिनिधि रहेका छन् ।
जसपा नेपालको महाधिवेशनबाट नेतृत्व चयनका लागि बुधबारदेखि निर्वाचन प्रक्रियाअगाडि बढाइने जनाइएको छ ।