जोडिनुहोस
  • होमपेज
  • उत्तरी इथियोपियामा खडेरी, १८ लाख मानिस प्रभावित

उत्तरी इथियोपियामा खडेरी, १८ लाख मानिस प्रभावित

इथियोपियाको उत्तरी क्षेत्र अम्हारामा खडेरीका कारण १८ लाखभन्दा बढी मानिस प्रभावित भएको इथियोपियाली अधिकारीले शुक्रबार बताएका छन् । अम्हारा क्षेत्र विपद् रोकथाम तथा खाद्य सुरक्षा आयोगका आयुक्त टेस्फाउ बाटाबलका अनुसार खडेरीका कारण कृषि उत्पादनमा व्यापक क्षति पुगेको र मुलुकका नौ क्षेत्रका १८ लाख ४६ हजार ९८५ जना प्रभावित भएका छन् । खडेरीका कारण अम्हारा क्षेत्रका जनावर र मानिस दुवै भोकमरीमा परेका छन् । इथियोपियाली सञ्चारमाध्यमहरूले बेटबेललाई उद्धृत गर्दै लेखेका छन्, ‘खडेरीका कारण भएको क्षति लाई कम गर्न अम्हारा क्षेत्र प्रशासनले प्रभावितहरूको सहयोगका लागि करिब ७७ लाख अमेरिकी डलर छुट्याएको छ ।’ गत शनिबार इथियोपियाका सञ्चारमन्त्री लेजेस टुलुले इथियोपियाका विभिन्न क्षेत्रमा खडेरीका कारण ३८ लाख मानिस प्रभावित भएको बताएका थिए । संयुक्त राष्ट्रसंघीय बालकोषको शनिबार सार्वजनिक प्रतिवेदनमा इथियोपियामा जलवायु परिवर्तनको प्रभावका कारण मानवीय अवस्था झनै बिग्रिएको उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?