जोडिनुहोस
  • होमपेज
  • कम्बोडिया पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ

कम्बोडिया पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमार्फत कम्बोडिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको नागार्जुन नगरपालिका–४ सितापाइला घर भएका १८ वर्षीय अङ्कित बस्नेत छन् ।

सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपमार्फत उनले कम्बोडियाको विज्ञापन राखेर रोजगार अनुमति दिलाउँछु भनेर ५ लाख रुपैयाँ ठगेका हुन् ।

अनलाइनमा च्याट गरेर उनले पीडितलाई आफ्नो खातामा सो रकम डिपोजिट गर्न लगाएका हुन् । आरोपीलाई ठगी सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

धेरै टिप्पणी गरिएका