जोडिनुहोस
  • होमपेज
  • काठमाडौंमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला, १६ देशका १५० स्टल रहने

काठमाडौंमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला, १६ देशका १५० स्टल रहने

१६ देशका पर्यटन व्यवसायीको सहभागितामा शुक्रबारदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदैछ ।

अन्तर्राष्ट्रियस्तरमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ‘समिट इभेन्ट एण्ड मार्केट’को आयोजनामा हुन लागेको मेलामा १६ देशका १५० भन्दा बढी व्यवसायीका ‘स्टल’ रहने संस्थाका सञ्चालक विष्णु पाण्डेले बताए ।

‘ मेलाको माध्यमबाट मुलुकको दिगो पर्यटन विकास र संस्कृति आदानप्रदानमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ’, उनले भने ।

मेलामा नेपालसहित भारत, कोरिया, ताइवान, सिंगापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलंका, चीन, थाइल्याण्ड, दुबई, बंगलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी हुनेछन् । यसैगरी मेलामा सातवटै प्रदेशका स्टल पनि राखिने छ ।भृकुटीमण्डपमा आयोजना हुने मेलामा नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले सहयोग गरेका सञ्चालक पाण्डेले बताए ।

धेरै टिप्पणी गरिएका