जोडिनुहोस
  • होमपेज
  • भारतको नयाँ सेना प्रमुखमा उपेन्द्र द्विवेदी

भारतको नयाँ सेना प्रमुखमा उपेन्द्र द्विवेदी

काठमाडौं– भारतको नयाँ सेना प्रमुखमा लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी नियुक्त हुने भएका छन् । भारत सरकारले जनरल मनोज पाण्डेको ठाउँमा द्विवेदीलाई सेना प्रमुख बनाउन लागेको हो ।

लेफ्टिनेन्ट जनरल द्विवेदीसँग चीन र पाकिस्तानसँगको सिमानाको राम्रो परिचालन अनुभव छ । हाल उपसेना प्रधानसेनापति पदमा कार्यरत रथी मनोज पाण्डे असार ३० गते अवकाश लिँदैछन् ।

वरिष्ठताका आधारमा द्विवेदीलाई यो पदमा चयन गरिएको हो । गत महिना सरकारले महारथी मनोज पाण्डेको कार्यकाल एक महिना थप गरेको थियो । उनले मे ३१ मा अवकाश लिने कार्यक्रम रहेकोमा ६ दिनअघि नै उनको कार्यकाल थपिएको थियो ।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जुन ३० गतेदेखि लागू हुने गरी नेपाली सेनाको उपप्रमुखमा कार्यरत लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीलाई प्रधानसेनापति नियुक्त गरेको छ ।

धेरै टिप्पणी गरिएका