जोडिनुहोस
  • होमपेज
  • क्यानमाथि आर्थिक अपचलनदेखि ‍देशलाई हराउन लागेको आरोप छ, आयोग बनाएर छानबिन गरौं: आचार्य

क्यानमाथि आर्थिक अपचलनदेखि ‍देशलाई हराउन लागेको आरोप छ, आयोग बनाएर छानबिन गरौं: आचार्य

सत्ता साझेदार नेकपा (एमाले)का सांसद भीम आचार्यले नेपाल क्रिकेट संघ (क्यान)को नेतृत्वमाथि लागि विभिन्न आरोपबारे छानबिन गर्न आयोग बनाउन माग गरेका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै आचार्यले क्यानको नेतृत्वमाथि आर्थिक अपचलनदेखि नेपाललाई नै हराउन लागेको आरोप रहेकाले त्यसको छानबिनका लागि आयोग गठन गर्न माग गरेका हुन्।

‘आइसिसी टी-२० प्रतियोगितामा नेपाललाई हराउन गरिएको षड्यन्त्र, आर्थिक अनियमितता र क्यानमाथि लागेको आरोप नेपालको शीर निहुराउने खालका भएकाले छानबिन आयोग बनाएर सरकारले यथाशिघ्र छानबिन गरोस् र दोषीमाथि कारबाही गरोस्,’ उनले भने।

सांसद आचार्यले सन्दीप लामिछानेलाई १५ सदस्यीय टोलीमा समावेश नगरिएका कारण उनले भीषा नपाएको दाबी गरे।’जिताउन लाग्नुपर्ने क्यानको नेतृत्वले राम्रो खेलाडीलाई हटाएर किन टिम बनायो?,’ उनले भने।

टी-२० विश्वकपमा सपोर्टिङ स्टाफ भनेर गएका १० जनामा डाक्टर अनिवार्य हुनुपर्नेमा अर्कै मान्छेलाई सहभागी गराएर क्यानले अस्वीकार गरेपछि नेपालको प्रतिष्ठामा आघात पुगेको पनि उनले बताए।

विश्वकप खेल्न अमेरिका गएका खेलाडीलाई होटलमा उभ्याएर त्यहाँ चन्दा उठाएर दुरूपयोग गरेको आरोप पनि रहेको आचार्यले बताए। त्यस्तै अवैध रूपमा जर्सी अमेरिका लगेर नेपालीहरुलाई महँगोमा बिक्री गरी त्यो रकम पनि हिनामिना गरेको आरोप क्यान नेतृत्वमाथि रहेको उनले बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका