जोडिनुहोस
  • होमपेज
  • अरुण तेस्रोमा पहिरो, सुतिरहेका एक मजदुरको मृत्यु, दुईजना घाइते

अरुण तेस्रोमा पहिरो, सुतिरहेका एक मजदुरको मृत्यु, दुईजना घाइते

संखुवासभा- जिल्लाको चिचिला गाउँपालिका-३ स्थित अरूण तेस्रो जलविद्युत आयोजनाको अडिट थ्री बेस क्याम्पमा अविरल वर्षापछिको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ।

पहिरोले उक्त जलविद्युत आयोजनाका मजदुर बर्दियाको बारबर्दिया नगरपालिका-४ घोराभिट्टा निवासी २१ वर्षीय गंगाराम थारूको मृत्यु भएको हो। उक्त पहिरोले बेस क्याम्प हाइड्रोमा काम गर्ने मानिसहरू बस्ने १४ वटा कोठामध्ये ३ वटा बगाउँदा सुतिरहेका थारूको पुरिएर मृत्यु भएको हो ।

पहिरोमा पुरिएर घाइते भएका २ जनाको हाइड्रोपावरको क्लिनिकमा उपचार भइरहेको छ । घटनापछि इलाका प्रहरी कार्यालय हेदङ्नाबाट खटिएको प्रहरी उद्धारमा खटिएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका