जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि छलफल

प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पनि ‘विनियोजन विधेयक, २०८१’ अन्तर्गत विभिन्न चार मन्त्रालयका विनियोजित रकम माथि छलफल जारी रहेको छ ।

आजको बैठकमा सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका शीर्षकको खर्च रकममा छलफल भएको हो ।

ती मन्त्रालयका उल्लिखित रकम घटाइयोस् भनी विभिन्न छ जना सांसदले राखेको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए । उक्त प्रस्ताव राख्ने सांसद्हरुमा प्रेम सुवाल, डा रमेश अम्रेसकुमार सिंह, अजरकुमार चौरासिया, राजेन्द्रकुमार केसी, सुरेन्द्रराज आचार्य र जीवन परियार थिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका