जोडिनुहोस
  • होमपेज
  • सरकारले पाँच लाख वा त्योभन्दा कम बजेट विनियोजन गर्नु गलत : सांसद घर्तीमगर

सरकारले पाँच लाख वा त्योभन्दा कम बजेट विनियोजन गर्नु गलत : सांसद घर्तीमगर

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीमगरले पाँच लाखभन्दा कमको पनि बजेट सहरी विकास मन्त्रालयले विनियोजन गरेकोमा आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय सरकारले पाँच करोडभन्दा कम बजेट विनियोजन नगर्ने प्रतिबद्धता जनाएपछि त्यसविपरीत बजेट आएको भन्दै उनले आक्रोश व्यक्त गरे ।

बुधबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, रक्षा, कानुन, न्याय तथा संसदीय मामिला र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

उनले पाँच करोडभन्दा कम बजेट संघीय सरकारले नगर्ने भन्ने सहमतिविपरीतका बजेटहरू विनियोजन गर्नु गलत भएको बताए । द्वन्द्व पीडितलाई क्षतिपूर्ति दिनका लागि बजेट विनियोजन नगरिएकामा असन्तुष्टि व्यक्त गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका