जोडिनुहोस
  • होमपेज
  • टी–२० विश्वकपमा आज राति अमेरिका र भारत खेल्दै

टी–२० विश्वकपमा आज राति अमेरिका र भारत खेल्दै

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज राति समूह ‘ए’ का अमेरिका र भारत खेल्दैछन् । न्युयोर्कमा हुने खेल राति सवा ८ बजे शुरु हुनेछ । भारत २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । अमेरिकाले पनि २ खेलमा ४ अङ्क जोडेको भए पनि नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ । भारतले पहिलो खेलमा आयरल्यान्ड र दोस्रो खेलमा पाकिस्तानलाई हराएको थियो । यस्तै अमेरिकाले पहिलो खेलमा क्यानडा र दोस्रो खेलमा पाकिस्तानलाई हराएको थियो । अमेरिका र भारतले एकअर्कासँग अहिलेसम्म कुनै पनि फम्र्याटको क्रिकेट खेलेका छैनन् । आजको खेल यी दुई टोलीबीचको पहिलो भेट हुनेछ । टी–२० विश्वकपमा अहिलेसम्म समूह ‘बी’ बाट अस्ट्रेलिया र नेपाल रहेको समूह ‘डी’ बाट दक्षिण अफ्रिका ‘सुपर आठ’ मा पुगेका छन् ।

धेरै टिप्पणी गरिएका