जोडिनुहोस
  • होमपेज
  • गाजामा युद्धविराम गर्ने प्रस्तावमा विद्रोही समूह हमास ‘सकारात्मक’

गाजामा युद्धविराम गर्ने प्रस्तावमा विद्रोही समूह हमास ‘सकारात्मक’

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले इजरायल–गाजा युद्धविराम प्रस्ताव पारित गरेपछि प्यालेस्टिनी विद्रोही समूह हमासले जवाफ दिएको छ ।अमेरिकाले अघि सारेको युद्धविरामको प्रस्तावमा हमासले यो युद्धविराम स्थायी होस् भन्ने इजरायलको प्रतिबद्धता चाहेको बताएको बीबीसीले जनाएको छ । हमास र उसको सहयोगी प्यालेस्टिनी इस्लामिक जिहाद पीआईजे०ले यो युद्ध अन्त्य गर्ने सहमतिमा पुग्न सकारात्मक वार्ता गर्न तयार रहेको बताएका खबरमा उल्लेख छ । प्रस्तावमा शुरुवातको छ हप्तासम्म युद्धविराम गर्ने र दोस्रो चरणमा युद्धविराम स्थायी गरिने उल्लेख छ । यसका साथै गाजामा पुनर्निर्माणको काम शुरु गरिने पनि उल्लेख छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले हमासको जवाफले युद्ध रोक्न सहयोग पुग्ने र अमेरिकी अधिकारीहरूले त्यो जवाफको मूल्याङ्कन गरिरहेको बताउनुभएको छ । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार गएको अक्टोबर ७ मा युद्ध शुरु भएदेखि त्यहाँ अहिलेसम्म ३७ हजार जनाभन्दा धेरै मानिसको ज्यान गएको छ ।

धेरै टिप्पणी गरिएका