जोडिनुहोस
  • होमपेज
  • पोखराको पृथ्वीचोक क्षेत्र फेरि अस्तव्यस्त

पोखराको पृथ्वीचोक क्षेत्र फेरि अस्तव्यस्त

जथाभाबी गाडी पार्किङ र यात्रु चढाउनेरओराल्ने गर्दा पोखराको पृथ्वीचोक क्षेत्र अस्तव्यस्त बनेको छ । गएको साउनदेखि पृथ्वीचोक–सेतीपुल सडकको दुवैतर्फ पार्किक निषेध गरिएकामा वर्ष दिन नपुग्दै नियम उल्लङ्घन भएको हो ।

पर्यटकीय राजधानीसमेत रहेको पोखराको अति व्यस्त पृथ्वीचोकलाई व्यवस्थित बनाउन जिल्ला सुरक्षा समितिको बैठकले पार्किङ निषेधको घोषणा गरेको थियो । पार्किङ हटेपछि केही समय यो क्षेत्र शान्त र खुला देखिएको थियो । तर अहिले पृथ्वीचोक पहिलेकै अवस्थामा पुगेको छ ।

पोखरामा बसपार्क बनाउन २०३२ सालमै जग्गा अधिग्रहण भएको भए पनि निर्माण भएको छैन । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अनुसार पोखरासँग ६३ वटा जिल्लाको यातायात सञ्जाल जोडिएको छ ।

बसपार्कमा ढलान, पार्किङ ट्र्याक, यात्रु विश्राम कक्ष, शौचालय, खानेपानीलगायत पूर्वाधारको खाँचो रहेको छ । बसपार्क व्यवस्थित नहुँदा गाडीले राजमार्ग छेउछाउबाटै यात्रु चढाउने र ओराल्ने गर्छन् । टिकट काउन्टर पनि सडक किनारमा छन् ।

धेरै टिप्पणी गरिएका