जोडिनुहोस
  • होमपेज
  • वैकल्पिक शक्तिहरू आउनुपर्छ: भट्टराई

वैकल्पिक शक्तिहरू आउनुपर्छ: भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले वैकल्पिक शक्तिहरू आउनुपर्ने बताएका छन्।

पार्टी स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै उनले आधारभूत कुरालाई सच्याउने गरी नयाँ र वैकल्पिक शक्ति आउनुपर्ने बताए।

‘भारतसँगको सन्धि, सम्झौता प्रबुद्ध व्यक्ति समूहको आधारमा फेरि पुनर्लेखन गरौं भन्ने मैले सुरू गरेको हो। अहिले त्यो हरायो। उल्टो बाबुराम त भारतीय दलाल भयो भन्छन्,’ उनले भने, ‘जसले प्रबुद्ध समूह बनाएर भारतसँग वार्ता गरेर यो समस्या हल गरौं र खुला सीमाना, असमान सन्धि, सम्झौता अंग्रेजका पालादेखि भए त्यसलाई समयानुकुल बनाऔँ भन्ने दलाल हुन्छ?’

कुर्सीको निम्ति १२ हात उफ्रिने र दिल्लीमा गएर लम्पसार पर्नेहरू राष्ट्रवादी हुन नसक्ने उनले बताए। ‘आधारभूत कुरालाई सच्याउने गरी नयाँ वैकल्पिक शक्तिहरु आउनु पर्छ,’ उनले भने। उनले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउन जनलोकपाल गठन गरिनुपर्ने बताए।

धेरै टिप्पणी गरिएका