जोडिनुहोस
  • होमपेज
  • प्रदेश संरचना पार्किङ लटजस्तो भएको छ; रवि लामिछाने

प्रदेश संरचना पार्किङ लटजस्तो भएको छ; रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको प्रदेश संरचनाले संविधानले परिकल्पना गरेजस्तो काम गर्न नसकेको टिप्पणी गरेका छन् । नेपाल समाजवादी पार्टीको स्थापना दिवशको कार्यक्रममा बोल्दै उनले अहिलेको प्रदेश संरचना बेढंगको भएको टिप्पणी गरे । ‘त्यो बेढंगको छ, ढंगको बनाउनुपर्छ’, उनले भने, ‘त्यो दोस्रो, तेस्रो लेयरका राजनीतिक नेताहरुलाई पार्किङ गर्ने पार्किङ लट भएको छ । तेस्रो लेयरको नेतालाई कहिँ पठाउनुपर्‍यो भने तपाईं प्रदेशमा जानुस् भनेको छ, आज कोही मुख्यमन्त्री छ भन्यो भने भोलि अर्को भइसक्छ, मन्त्री को त हिसाब नै छैन ।’ नेपालको प्रदेश संरचनाले संघीयताको मर्मलाई नै बदनाम गरेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले त्यसलाई पुनर्निर्माण रेट्रोफिट गर्नुपर्ने बताए । ‘प्रदेश जुन ढंगको बनेको छ, के संविधानले परिकल्पना गरेको प्रदेश अहिले जे देखिएको छ त्यही हो रु के त्यसले संविधानले परिकल्पना गरेको, व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई बोकेको छ कि बदनाम गराउने काम गरेको छ ?’ उनले प्रश्न गरे । लामो राजनीतिक आन्दोलनमा सक्रिय भएका नेताहरुले प्रतिवद्धता भुलेका कारण आफूहरु राजनीतिमा आएको लामिछानेको भनाइ छ । ‘हिजो लड्न घरबाट निस्कदा कुन प्रतिवद्धता थियो, के गर्छु भनेर निस्किएको घरबाट रु त्यो प्रतिवद्धता भुलेपछि कुन व्यवस्था ल्याउनुहुन्छ, जुन ल्याए पनि केही हुन्न । त्यो प्रतिवद्धता सम्झिएर अगाडि बढ्यो भने धेरै गर्न सकिन्छ’, उनले भने ।

 

धेरै टिप्पणी गरिएका