जोडिनुहोस
  • होमपेज
  • हाइपर फण्डको नाममा भएको ठगी प्रकरणमा थप १ जना पक्राउ

हाइपर फण्डको नाममा भएको ठगी प्रकरणमा थप १ जना पक्राउ

हाइपर फण्ड ९नाम परिवर्तन भएर हाल हाइपर भर्स० काममा ठगी गरेको आरोपमा बुधबार थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङ घर भएका कृष्णकान्त भण्डारी रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका एसपी तथा प्रवक्ता होबिन्द्र बोगटीले भण्डारीलाई पक्राउ गरिएको पुष्टि गरे । भण्डारी पक्राउ परेसँगै हाइपर भर्सका नाममा भएको ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या २ पुगेको छ । यसअघि २० वैशाखमा ललितपुरकी काजल भनिने नानु घिमिरे पक्राउ गरेकी थिइन् । हाइपर भर्सका नाममा नेटवर्किङ खडा गरेर ४० करोसम्म ठगी गरेको पाइएको सीआईबीले जनाएको छ । हाइपर भर्स क्रिप्टोकरेन्सीजस्तै अनलाइन बिजनेस हो । यसमा लगानी गर्न सुरुमा एप डाउनलोड गरेर अकाउन्ट खोलिन्छ । अकाउन्ट खोलेपछि कम्तीमा ३ सय अमेरिकी डलर ४० हजार नेपाली बाट लागनी सुरु हुन्छ । लगानी गरेपछि तेब्बरसम्म आम्दानी हुने आश्वासन देखाएर ठगी गर्ने गरिएको एसपी बोगटीले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका