जोडिनुहोस
  • होमपेज
  • ५ मन्त्रीसँग छुट्टाछुट्टै छलफल गर्दै कानुनमन्त्री पदम गिरी

५ मन्त्रीसँग छुट्टाछुट्टै छलफल गर्दै कानुनमन्त्री पदम गिरी

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले ५ मन्त्रीसँग छुट्टा छुट्टै छलफल गर्दै छन् । बिहीबार मन्त्रालयमा केहि नेपाल ऐन संशोधन गर्ने विषयमा विषयगत रूपमा छलफल गर्न लागेको मन्त्री गिरीका प्रेस सल्लाहकार श्रीधर पौडेलले जानकारी दिएका छन् ।सो अवसरमा मन्त्रीका साथै सम्बन्धित मन्त्रालयका सचिवहरूसँग पनि छलफल हुनेछ ।

सरकारले संसदमा दर्ता गर्न लागेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न लागेको र सो विधेयकमा समावेश भएका विषयसँग सम्बन्धित मन्त्रीसँग छलफल गर्न लागिएको हो । मन्त्री गिरीले श्रम तथा रोजगार मन्त्री डीपी अर्याल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, खानेपानी मन्त्री राजेन्द्र कुमार राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र ऊर्जा, जलस्रोत र सिंचाईमन्त्री शक्ति बस्नेतसँग छलफल गर्दै छन् । मन्त्रीहरूसँगको छलफलपछि कानुन मन्त्रालयले संसदमा विधेयक दर्ताका लागि लैजाने तयारी गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Issuing A Tourist Visa For Several Entries