जोडिनुहोस
  • होमपेज
  • १५ हजार घुस लिएका वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी, एक महिना कैद सजाय

१५ हजार घुस लिएका वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी, एक महिना कैद सजाय

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशत्रय रामबहादुर थापा, खुशीप्रसाद थारु र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बिहीबार अलीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको हो । २०८० चैत १८ गते १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख १७ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको थियो । सेवाग्राहीको घरबाटो सिफारिस दिने नाममा घुस मागेको सूचनाका आधारमा खटिएको टोलीले वडाध्यक्ष अलीलाई रंगेहात समातेको थियो ।अख्तियारले अलीलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद सजाय तथा बिगो जरिवाना माग गरेको थियो। अख्तियारको माग अनुसार विशेषले उनलाई १५ हजार जरिवाना गराउँदै १ महिना कैद सजाय पनि सुनाएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help