
काठमाडौँ । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको हिमा गाउँपालिका लगायतका स्थानमा अज्ञात रोगबाट सयौँ भेडाबाख्रा मरेको भन्दै रोग पहिचान गरी निवारण गर्न सरकारसमक्ष माग गरेका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले किसानले पालेका भेडाबाख्रा मरेपछि हजारौँ किसानहरू मारमा परेको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘यो रोग यदि अझै फैलियो भने जुम्ला आसपासका हजारौँ किसान घरबारविहीन हुनेछन् । रोग छिटो पत्ता लगाउन र निराकरण गर्न पहल गरियोस्’, शाहीको माग छ ।