जोडिनुहोस
  • होमपेज
  • गोदाम चोरी गर्ने तीनजना पक्राउ

गोदाम चोरी गर्ने तीनजना पक्राउ

काठमाडौं । कोटेश्वरको एक गोदाममा चोरी गर्ने समूह पक्राउ परेकाे छ । वैशाख ३१ मा काठमाडौंको कोटेश्वर फुलवारीमार्गस्थित सन्दिपकुमार गुप्ताले सञ्चालन गरेको आहाना ईन्टरप्राईजेज प्रा.लि.को गोदाममा चोरी भएको थियो ।

चोरी गर्ने समूहले गोदामबाट शिशु अनुगामी पाउडरको करिब २० लाख भन्दाबढी रुपैयाँ पर्ने कार्टुन चोरी गरेका थियाे । चोरीमा संलग्न तीनजनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका सोनु गदाल, भक्तपुरका अनिश थापा र नवलपरासीका ममता घले छन् ।

उनीहरूलाई विभिन्न ठाउँबाट बुधबार पक्राउ गरिएको कार्यालयका एसपी अंगुर जीसीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका सोनु गदाल गोदाममै काम गर्ने स्टार्फ भएको खुलेको छ । उनकै योजनामा चोरी भएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका