
ताप्लेजुङ- ताप्लेजुङको सिरिजंगामा पहिरोले ट्याक्टर पुर्दा २५ वर्षीय युवकको ज्यान गएको छ ।
पाँचथरको फिदिम नगरपालिका–१४, लुङ्रुपा घर भइ निर्माणाधीन काबेली तेस्रो हाइड्रोपावर परियोजनामा कार्यरत २५ वर्षीय सविन राईको पहिरोले पुरेएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
परियोजनास्थल सिरिजङ्गा गाउँपालिका–७ खेबाङको सिरिसेतर्फ सामान बोकेर जाँदै गरेको मे. १ त ७९६९ नम्बरको ट्याक्टरलाई पहिरोले पुर्दा राईको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार पहिरोले ट्याक्टर बगाएर सडकदेखि करिब ६० मिटर तल झारेको छ ।