जोडिनुहोस
  • होमपेज
  • साढे १० महिनामा नेपालबाट ३ अर्ब बढीको हस्तकला निर्यात

साढे १० महिनामा नेपालबाट ३ अर्ब बढीको हस्तकला निर्यात

नेपालबाट ३ अर्ब २६ करोड ३४ लाख १६ हजार ४ सय ७० बराबरको हस्तकला विदेश निर्यात भएको छ । नेपाल हस्तकला महासङ्घले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको १५ जेठसम्म नेपालमा उत्पादित ३ अर्ब बढीको हस्तकला विदेश निर्यात भएको हो ।

विदेश निर्यात भएको हस्तकलामध्ये फेल्टबाट बनेका सामग्री बढिरहेका महासङ्घका महानिर्देशक उत्तमप्रसाद देवकोटाले जानकारी दिए । उनका अनुसार चालू आवको १५ जेठसम्म नेपालबाट १ अर्ब २८ करोड २५ लाख १८ हजार ९ सय ४६ रुपैयाँको फेल्टबाट बनेका हस्तकलाका सामग्री विदेश निर्यात भएका छन् ।

नेपालबाट हाल अल्लो, बाँसजन्य वस्तु, पोतेका सामान, हाड सिङबाट बनेका, सेरामिक सामान, सुर्तीजन्य वस्तु, स्फटिकजन्य, ढाका, फेल्ट, सिसा, धूप, छाला, धातुजन्य, कपडाजन्य, चित्रकला, कागज र कागजजन्य, रेशाजन्य, चाँदी गरगहना, हस्तकला, काष्ठकला र उलनजन्यलगायत सामान विदेशमा निर्यात हुँदै आएको महानिर्देशक देवकोटाले बताए ।

उनका अनुसार चालू आवमा धातुजन्य पदार्थबाट बनेका हस्तकला ९० करोड १८ लाख १९ हजार ४ सय ७२, उलनबाट बनेका १९ करोड ५२ लाख ६९ हजार ८ सय ९०, नेपाली कागजजन्य १८ करोड ५२ लाख ९६ हजार आठ सय ६६, मोतीबाट बनेका १६ करोड चार लाख १६ हजार ६ सय ३६ रुपैयाँ बराबरको सामग्री निर्यात भएका छन् ।

काठका ८ करोड ७७ लाख ५५ हजार ८ सय छ, कपासका ५ करोड ६२ लाख ६९ हजार ४ सय ७६, सिसाजन्य हस्तकलाका सामग्री ४ करोड ३४ लाख ३८ हजार २ सय ५१, नेपाली धूपजन्य ३ करोड ३९ लाख ३१ हजार ७ सय ९७ रुपैयाँ निर्यात भएको छ ।

अल्लो, बाँसजन्य, ढाकाका कपडा, भाङबाट बनेका कपडा, छालाजन्य पदार्थ, पश्मिनाका कपडा, प्लास्टिकजन्य सामग्री, सिल्क, सिल्भर र ढुङ्गाबाट बनेका हस्तकलाका सामग्री ठूलो मात्रामा निर्यात हुँदै आएको महानिर्देशक देवकोटाले बताए । उनका अनुसार यहाँ उत्पादित हस्तकला छिमेकी मुलुक भारत, चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, डेनमार्क, नेदरल्याण्ड, बेलायत, अष्ट्रेलिया, सिङ्गापुरलगायत देशमा निर्यात हुने गरेको छ ।

परम्परागत हस्तकलाभन्दा नयाँ हस्तकलाका सामान विदेशमा बढी माग हुने गरेको महासङ्घले जनाएको छ । परम्परागत हस्तकलाका सामानमा काष्ठकला, प्रस्तरकला, धातुकलालगायत छन् भने नयाँमा प्राकृतिक रेसा, सिसाका सामान, बोधिचित्तका मालालगायत रहेका छन् । रासस

प्रचलन खबर

धेरै टिप्पणी गरिएका