जोडिनुहोस
  • होमपेज
  • मेरा लागि सय खेलभन्दा नेपालको जर्सी लगाउन पाउनु बढी गर्वको कुरा हो; कप्तान चेम्जोङ

मेरा लागि सय खेलभन्दा नेपालको जर्सी लगाउन पाउनु बढी गर्वको कुरा हो; कप्तान चेम्जोङ

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले आफ्ना लागि सय खेलभन्दा नेपालको जर्सी लगाउन पाउनु बढी गर्वको कुरा भएको बताएका छन् । फिफा विश्वकप २०२६ तथा एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गतका खेल खेलिसकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा उनले यस्तो बताएका हुन् ।

साउदी अरबको दमाममा रहेको प्रिन्स मोहम्मत बिन फहद रङ्गशालामा गएको मङ्गलवार यमनसँग खेल्दै कप्तान चेम्जोङले सयौँ खेल पूरा गरेका थिए । खेलमा प्रदर्शन तल माथि भइरहने भन्दै उनले सय खेल खेल्न पाउनुभन्दा पनि नेपालको जर्सी लगाउनु नै आफ्ना लागि गर्वको कुरा भएको बताए । आफ्नो स्वास्थ्य राम्रो हुन्जेलसम्म टिमबाट खेलिरहने चेम्जोङको भनाइ छ ।

यस्तै फुटबलर जिलेस्पीजङ्ग कार्कीले डेब्यु गोल अविस्मरणीय रहेको र रणनीतिअनुसार खेल्दा गोल गर्न सफल भएको बताए । बलिया टिमहरूसँग खेलिरहन पाए नेपाली फुटबल राम्रो बाटोमा जाने उनको विश्वास छ ।

यसैगरी नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नेपाली नयाँ टोलीले राम्रो खेल खेलेको प्रतिक्रिया दिए । नेपालले यमनसँग २–२ गोलको बराबरी खेलेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका