जोडिनुहोस
  • होमपेज
  • नयाँ संसद् भवनमा ‘बार’ निर्माण गर्न सांसद बजगाईंको माग

नयाँ संसद् भवनमा ‘बार’ निर्माण गर्न सांसद बजगाईंको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सिंहदरबारभित्र निर्माणाधिन संसद् भवनभित्र ‘बार’ बनाउनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले आफूले अमेरिकामा सन् २००६ को भ्रमणको क्रममा सिनेटको अफिसमा बार देखेको सुनाए ।

“२००६ तिर अमेरिकाको कंग्रेस र सिनेटको अफिस घुम्ने मौका पाएको थिएँ । सिनेटमा भ्रमण गर्ने पर्यटकलाई त्यहाँ बार बनाइँदो रहेछ,” उनले भने, “डेमोक्याट्सहरूले आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् । रिपब्लिकनहरूले आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् । त्यहाँ ड्रिंग्स पनि खान पाइन्छ ।”

सांसद बजगाईंले बनिरहेको संसद् भवनमा बार निर्माण गर्न ध्यानाकर्षण गराए । “अधिकांश माननीयहरू मदिरा पिउनुहुन्न । लन्डन स्कुल अफ इकोनोमिक्सको क्यान्टिनमा जाँदा त्यहाँ पनि बार रहेछ । त्यसको लिमिटेसन हुन्छ,” उनले भने, “सम्माननीय सभामुख महोदय अहिले बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुन आउँदा सोसलाइजेसन गर्ने बार निर्माण गर्ने हो कि ? यसमा ध्यानाकृष्ट गर्न चाहेको ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका