जोडिनुहोस
  • होमपेज
  • कावासोतीमा तनाव : नगरपालिका र मेयरको घरमा तोडफोड, प्रहरीद्वारा हवाई फायर

कावासोतीमा तनाव : नगरपालिका र मेयरको घरमा तोडफोड, प्रहरीद्वारा हवाई फायर

पूर्वी नवलपरासी- पूर्वी नवलपरासीको सदरमुकाम कावासोती तनावग्रस्त भएको छ ।

बिहीबार ढल खन्ने क्रममा तीनजना महिला मजदुरको मृत्यु भएपछि बढेको तनावकाबीच आक्रोशित आफन्तहरूले कावासोती नगरपालिकाको कार्यालय र मेयर विष्णु भुसालको घरमा शुक्रबार तोडफोड गरेका हुन् ।

प्रदर्शनमा उत्रिएकाहरू आक्रोशित भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले कयौँ राउन्ड हवाई फाय गरेको छ । त्यतिकै संख्यामा अश्रुग्यास पनि प्रदर्शनकारीतर्फ हानिएको छ । मृतकका परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारबाही माग गर्दै प्रदर्शनकारीले बजार क्षेत्रमा नाराबाजी गरिरहेका छन् ।

अहिले अवस्था हिंसात्मक हुने भएपछि कावासोती बजारमा सयौँको संख्यामा प्रहरी तैनाथ गरिएको छ । प्रदर्शनकारीले मेयर भुसालको घरमा आगजनी प्रयास गरेपछि अवस्था झन् भड्किएको छ । प्रयास गरेका छन् । बिहीबार कावासोती नगरपालिका-२ फलफूल चोकमा ढल निर्माणका क्रममा स्थानीय ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमया मगर र ३२ वर्षीया चमेली सिंजालीको माटोको ढिस्कोले पुरिएर ज्यान गएको थियो ।

कावासोती नगरपालिका-५ निवासी उनीहरूको नगरपालिकाको लापरबाहीले मृत्यु भएको आरोप स्थानीयबासी र आफन्तले लगाएका छन् । प्रदर्शनमा उत्रिएकाहरूले छानबिन समिति बनाएर दोषीलाई कारबाही गर्नुपर्ने माग पनि अघि सारेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका